arrow

विद्यार्थी हत्याको आरोप लागेका क्रिकेटर शकिबलाई तुरुन्तै हटाउन बोर्डलाई नोटिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
shakib-al-husan.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले स्टार क्रिकेटर शकिब अल हसनलाई क्रिकेटका सबै फर्म्याटबाट तुरुन्तै हटाउनको लागि नोटिस प्राप्त गरेको छ । 

केही दिनअघि साकिबमाथि हत्यामा संलग्न भएको आरोप लागेको थियो । हालै बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्धको आन्दोलनमा ४०० भन्दा बढीले ज्यान गुमाएका थिए ।

शकिबसहित हसिना पक्षका १४७ जनामाथि विद्यार्थीको हत्या गरेको आरोप छ । अगस्त ५ मा गोली लागेर विद्यार्थीको मृत्यु भएको थियो । विद्यार्थीका बुबाले ढाकामा एफआईआर दर्ता गरेका छन् । 

अब विद्यार्थी रुबेलका बुबाले वकिलको सहयोगमा बंगलादेश क्रिकेट बोर्डलाई नोटिस दिएका छन् । यस सूचनामा बीसीबीका अध्यक्ष फारुक अहमदले पाकिस्तान र बंगलादेशबीचको पहिलो टेस्ट म्याचपछि शकिब अल हसनको क्रिकेट भविष्यबारे निर्णय लिइने बताएका छन् ।

शकिब अहिले रावलपिण्डीमा पाकिस्तानविरुद्ध टेस्ट खेलिरहेका छन् । टेस्ट सिरिजको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई १० विकेटले पराजित गरेर टेस्ट क्रिकेटमा पकिस्तानलाई पहिलो पटक पराजित गरेको छ ।

३७ वर्षीय शकिब शेख हसिनाको सरकारमा मन्त्री थिए । देशमा हिंसात्मक प्रदर्शन भएपछि शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो । उनले पनि देश छाड्नुपर्‍यो । हसिनाको राजीनामापछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारमा मुख्य सल्लाहकारको जिम्मेवारी सम्हालेका छन् ।

पीटीआईका अनुसार रफिकुल इस्मलाका छोरा रुबेलको आन्दोलनका क्रममा अगस्ट ७ मा मृत्यु भएको थियो । ५ अगस्टमा भएको विरोध प्रदर्शनका क्रममा शकिब भने बंगलादेशमा नभएर क्यानडामा ग्लोबल टी–२० खेलिरहेका थिए ।

यति मात्र होइन, २६ जुलाईअघि उनी अमेरिकामा मेजर लिग क्रिकेट खेलिरहेका थिए ।

शकिब यसै वर्ष जनवरीमा अवामी लिगको टिकटमा सांसद निर्वाचित भएका थिए । तर प्रधानमन्त्री शेख हसिनाले सत्ता गुमाएपछि उनको सांसदको हैसियत पनि खोसियो ।

३७ वर्षीय अनुभवी खेलाडी शकिबले बंगलादेशका लागि अहिलेसम्म ६७ टेस्ट, २४७ एकदिवसीय र १२९ टी–२० खेल खेलेका छन् । यस अवधिमा शकिबले टेस्टमा ४५०५ रन र २३७ विकेट लिएका छन् । जहाँ एक दिवसीय अन्तर्राष्ट्रियमा शकिबको नाममा ७५७० रन र ३१७ विकेट छ । टी–२० अन्तर्राष्ट्रियमा उनले २५५१ रन र १४९ विकेट लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ