arrow

पहिरो प्रभावित तेमालका पाँच परिवारलाई तरुण दलको सहयोग 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ भदौ १० सोमबार
temal-landslide-help-tarund.jpg

काभ्रेपलाञ्चोक । पहिरोले घर क्षति भएका तेमाल वडा नं ५ का ५ परिवारलाई स्थानीय युवाको सकृयतामा नगद र लत्ताकपडा सहयोग गरिएको छ । 

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका स्थानीय नेताहरु मिथुनकुमार लामा, हिरालाल लामा, बज्र लामा र मिन्टु लामा लगायतले सञ्चालन गरेको अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको हो । 

उनीहरुले विभिन्न संघ संस्था, व्यवसायी, सहयोगीहरुबाट तीन लाख छयालीस हजार तीन सय नब्बे रुपैयाँ संकलन गरेका थिए । 

घर पूर्ण क्षति भएका स्थानीयलाई नगद १ लाख र २१ हजार ५ सय बराबरको घरायसी समग्रीहरुका साथै दाल, चामल, बिस्कुट लगायतका खाद्यान र सिरक, डस्ना र लत्ताकपडा लगायतका खाद्यसामाग्री हस्तान्तरण गरियो । 

घरमा क्षति भएको स्थानीय एकल महिलालाई १ लाख र पहिरोबाट आएको ढुंगामाटो पन्छाउनको लागि ५ वटै परिवारको लागि संयुक्त रुपमा १ लाख २४ हजार ८ सय ९० रुपैयाँ सहयोग गरिएको हो । 

तेमाल गाउँपालिका वडा नं ५ का अध्यक्ष हजारसिं लामा, नेपाल तरुण दलका केन्द्रीय सदस्य स्मीता लामा, नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय सचिव दावा फेन्चु लामा, नेपाल तरुणदल जिल्ला सदस्यद्वय निमा लामा, युवराज लामा लगायत स्थानीयको उपस्थितिमा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले हस्तान्तरण गरेका हुन् । 

वडा अध्यक्ष हजारसिं लामाले वडा  र पालिकाबाट कुनै कन्जुस्याइँ नगरी सहयोग गर्ने बताए । अभियानकर्ता मिथुनकुमार लामाले अभियानमा आर्थिक सहयोग गरि साथ दिने सम्पूर्णलाई धन्यवाद र कृतज्ञता व्यक्त गरे ।
 
प्रभावितहरुले दुःखको समयमा सहयोग गरेकोमा सबैलाई आभार प्रकट गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ