arrow

नेकपा एसको पदाधिकारी चयनका लागि चुनावः मनोनयन दर्ता, २ बजेदेखि मतदान [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
ncp-united-election-81-5-11.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पदाधिकारीको चयन निर्वाचनबाट गर्दैछ । आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि अहिले निर्वाचन गर्न लागिएको हो ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुषाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । 

बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो । आज बिहान ७ बजे मनोनयनपत्र वितरण भई ७ः३० देखि ८ः३० सम्म मनोनयन दर्ता भएको छ । 

अन्य प्रक्रिया पूरा गरेर मध्यान्ह १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ । 

त्यस्तै २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । 

साँझ ६ बजेबाट नै मतगनणा शुरु गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

एकीकृत समाजवादीले महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव तथा ३४४ सदस्यीय केन्द्रिय कमिटी चयन गरिसकेको छ ।

ncp-united-election-81-5-11 (5).jpg
ncp-united-election-81-5-11 (6).jpg
ncp-united-election-81-5-11 (7).jpg
ncp-united-election-81-5-11 (8).jpg
ncp-united-election-81-5-11 (1).jpg
ncp-united-election-81-5-11 (2).jpg
ncp-united-election-81-5-11 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ