arrow

नेकपा एसको उम्मेदवारको प्रारम्भिक दर्ता सूची आयो [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
ncp-united-81-5-11w-(12).jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् । सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् ।

एकीकृत समाजवादीमा सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन गर्न लागिएको हो । उम्मेदवारी फिर्ताको समय दिउँसो साढे १ बजेसम्म थपिएको बताइएको छ ।

यता, पदाधिकारीका लागि निर्वाचन हुन लागेपछि केन्द्रीय सदस्यहरुमा निराशा छाएको छ । सकेसम्म सर्वसम्मत गर्ने प्रयासमा रहेका केन्द्रीय सदस्यहरुको प्रयास असफल भएपछि निराशा छाएको हो ।

सोमबार साँझसम्म वरिष्ठ उपाध्यक्षका लागि भिडन्त गरेका प्रमेश हमाल र बेदुराम भुषाल पछि हटेर भोजपुरका घनेन्द्र बस्नेत र धादिङका राजेन्द्र पाण्डे भिडन्तमा लागेका भए पनि अन्ततः घनेन्द्रले नाम फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका छन् । 

निर्वाचनमा जाँदा बेदुराम र प्रमेश दुवैले हार्ने भएपछि बस्नेत अघि सरेका थिए । त्यसैगरी माधवकुमार नेपाल निकट रहेका नेताहरु राजेन्द्र राई, लक्ष्मण केसी र मेटमणी चौधरी उपमहासचिवको लागि भिडिरहेका छन् । 

उनीहरु तीन जना माधव नेपालका उम्मेदवार हुन् । जगन्नाथ खतिवडा उपाध्यक्षमा भिड्न लागेपछि लक्ष्मण केसीलाई सहज भएको छ । 

विजय पौडेल पनि उपाध्यक्षका लागि निवेदन लिएर बसेका छन् । तर उनलाई केन्द्रीय सदस्यहरुले मन पराउन छाडेकाले संभावना कम रहेको बताइन्छ । 

प्रकाश ज्वाला पनि उपाध्यक्षमा उक्लेका छ्न् । तर उपाध्यक्षमा प्रतिस्पर्धीहरु धेरै रहेको बताइन्छ । सबै विवरण आइसकेको छ ।

सोमबार दिनभर सहमति जुट्न नसकेपछि अहिले बिहान मनोनयन भएको हो । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृत माधव पौडेलले बताए । 

पाण्डेले कुनै पनि हालतमा वरिष्ठ उपाध्यक्ष नछाड्ने बरु निर्वाचन गरेमा आफूले जितेर देखाइदिने बताउँदै आएपछि माधव नेपालले बस्नेतलई अघि सारेको बताइन्छ ।  
 
आज दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदान हुने र ६ बजेदेखि मतगणना थालिने जनाइएको छ । 

यसअघि एकीकृत समाजवादीले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाललाई सर्वसम्मत चयन गरेको थियो । 

मंगलबार अन्य पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो । मंगलबार एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्ने छ । 

ncp-united-81-5-11w (6).jpg
ncp-united-81-5-11w (7).jpg
ncp-united-81-5-11w (8).jpg
ncp-united-81-5-11w (9).jpg
ncp-united-81-5-11w (10).jpg
ncp-united-81-5-11w (11).jpg
ncp-united-81-5-11w (1).jpg
ncp-united-81-5-11w (2).jpg
ncp-united-81-5-11w (3).jpg
ncp-united-81-5-11w (4).jpg
ncp-united-81-5-11w (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ