arrow

हवाई उडान सुरक्षाका लागि पाइलट कर्तव्यनिष्ठ हुनुपर्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
badri-pandey-05-13.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई उडानमा पाइलट कर्तव्यनिष्ठ भए हवाई उडान सुरक्षित हुने बताएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धि कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले हवाई उडान सुरक्षित बनाउनको लागि उडानमा खटिने सबै जनशक्तिले पाएको जिम्मेवारीमा कर्तव्यनिष्ठ हुन जरुरी रहेको बताए । मन्त्री पाण्डेले हवाई उडान क्षेत्रका जनशक्तिहरू आत्मा अनुशासनमा रहन आवश्यक देखिएको धारणा राखे । उनले पाइलट र इन्जिनियरले प्राप्त गरेको ड्युटीमा कतव्र्यनिष्ठ भएर काम गरे हवाई दुर्घटनामा कम हुने बताए । 

उनले नेपालको आकाश र नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरू सुरक्षित रहेका विश्वलाई सन्देश दिन जरुरी रहेको बताए । उनले विदेशी पर्यटकहरूलाई नेपाली आकाश सुरक्षित रहेकाले ढुक्कले नेपालमा आउन आग्रह गर्न आवश्यक रहेको बताए । उनले नेपालका हेलिकप्टर र जहाजले दिने सेवामा कुनै प्रकारको डर र दुबिधा हुँदैन भन्ने कुराको विश्वास दिलाउन आवश्यक रहेको बताए । उनले नेपालको हवाई उडान क्षेत्रको सुरक्षामा प्रतिविद्धताका साथ काम गरिरहेको बताए । उनले पछिल्ला दिनहरूमा हवाई सुरक्षाको चुनौतीहरू मुलुकका लागि ठूलो चुनौतीको कै विषय बनेको उल्लेख गरे । 

उनले भने,‘नेपालको आकाश र नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरू सुरक्षित छन् । विदेशी पर्यटकहरू ढुक्कले नेपालमा आउनुस् । नेपालका हेलिकप्टर र जहाजले दिने सेवामा दुबिधा हुँदैन भन्ने कुराको विश्वास दिलाउने काम हामीले गर्छांै । अब नेपाल हवाई उडान क्षेत्रको सुरक्षामा प्रतिविद्धताका साथ लागेको छ भन्ने विश्वमा सन्देश पु¥याउन आवश्यक छ । नेपाल माथि प्रश्न गर्नुपर्दैन भन्ने वातावरण बनाउनु विदेशी एयरलाइन्सहरूले सहयोग पु¥याउनुपर्ने छ । पछिल्ला दिनहरूमा हवाई सुरक्षाको चुनौतीहरू मुलुकका लागि ठूलो चुनौतीको विषय हो । यो एयलाइन्सहरुले आम मानिसहरूलाई हवाई उडानमा सुरक्षा दिन्छौँ र हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छ भन्ने कुरामा प्रश्न गर्नुपर्दैन । भन्ने कुरालाई विश्वासमा दिन सक्नुपर्छ । हवाई उडान क्षेत्रका मुख्य गरेर जनशक्तिहरू आत्मा अनुशासनमा रहन्छौँ भन्ने कुरा हो । पाइलट र इन्जिनियरले प्राप्त गरेको ड्युटी कति कर्तव्यनिष्ठ छ भन्ने कुरामा निर्भर हुन्छ । दायित्वलाई कर्तव्यनिष्ठ हुन जरुरी छ ।’

उनले हवाई दुई घटना सम्बन्धि हुने छानबिनलाई पनि वास्तविकता खोज्न जरुरी रहेको बताए । उनले विगतमा भएका हवाई दुर्घटनाको छानबिन समितिले गरेका छानबिनलाई समीक्षा आवश्यक रहेको बताए । अहिलेसम्म हवाई दुर्घटनापछि बनेका छानबिन समितिले दिएका प्रतिवेदन तथ्यपरक भए÷नभएको विषयमा समीक्षा गर्नु जरुरी रहेको उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ