arrow

पारसले गुजरातबाट लिजेण्ड लिग क्रिकेट खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
paras-khadka.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका पारस लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् । उनलाई आउँदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

लिजेण्ड लिग किक्रेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि शुरु हुँदैछ । लिजेण्ड लिग क्रिकेटमा संन्यास लिएका क्रिकेटर खेल्ने गर्दछन् । 

लिजेण्ड लिगमा ६ टिम बीच कुल २५ खेल खेलिने बताइएको छ । तेस्रो सिजनका खेलहरु भारतको जोधपुर, सुरत र जम्मुमा हुने छन् । यस सिजनको फाइनल खेल अक्टोबर १६ मा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ