arrow

पाँच बालिकाको गेष्टहाउटसबाट उद्धार, वेश्यावृत्तिमा लगाउने दुई सञ्चालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
crime-final-everytime-use.jpg

काठमाडौँ । नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका ४ घर भएका ४२ वर्षीय राजु शाही रहेका छन् । 

खड्गी समेतले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दारसमेत गरेको छ । 

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ