arrow

लागुऔषधसहित विराज पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
biraj-pakrau-kaski-police.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १ बगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा-१ धोबीगौँडा बस्ने ३० वर्षीय विराज रजक छन् ।

विशेष सूचनाका आधारमा भदौ ११ गते बेलुकी ७ बजे वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

उनी बस्ने कोठाबाट लुकाईछिपाई राखिएको लागूऔषध गाँजा जस्तो देखिने पदार्थ पाँच किलो सात सय ५० ग्राम र सोही बाकसमा निट्राजिपाम ट्याब्लेट १० एमजी नाम उल्लेख भएको २१ चक्की बरामद भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

पक्राउ परेको विराजविरुद्ध जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा १० दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ