arrow

सहकारी घोटाला प्रकरणमा कोइराला पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
deepa-koirala.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरास्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ४ की ५६ वर्षीया दीपा कोइराला छन् ।सहकारीका निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरीअनुसार सहकारी ठगी कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आज पक्राउ गरी कास्की जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ