arrow

संसदीय समिति

बैङ्किङ कसूर तथा सजायमाथि दफावार छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
artha-samiti-81-3-24.jpg

काठमाडौँ । आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ९ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोशाक उद्योग सङ्घका प्रतिनिधिहरूसँग छलफल, हस्तकला क्षेत्रका नीतिगत समस्याका सम्बन्धमा नेपाल हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो २ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यस आ.व. मा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेट तथा निर्माण सम्पन्न भैसकेका विभिन्न हाइड्रोपावर प्रा.लि. को पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको स्वीकृतिमा देखिएका समस्या र रोल्पा जिल्ला परिवर्तन गाउँपालिकामा भोग चलनमा रहेको आबादी जग्गा दर्ता गर्ने क्रममा देखिएको समस्याका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा उपसमितिको प्रतिवेदन पेश गरी प्रतिवेदन माथि छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको कार्यविधि पारित गर्ने सम्बन्धमा र समितिको वार्षिक कार्यतालिका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ