arrow

महालक्ष्मी विकास बैङ्क र पायोनियर मोटो कर्पबीच समझदारी पत्रमा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
mahalaxmi-bikash-bank-agreement-pioneer-moto-corp.jpg

काठमाडौँ। महालक्ष्मी विकास बैङ्क मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैङ्क र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैङ्कमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन्। विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैङ्कले प्रदान गर्नेछ।

कर्जा लिन चाहने ग्राहकहरूले बैङ्कको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर  समेत आवेदन दिन सक्नेछन्।

“सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन्। साथै मिति २०८०-०९-२८ मा सम्पन्न बैङ्कको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ