arrow

राजदूतहरूको सुनुवाइ

प्रस्तावित १७ राजदूतको उजुरीमाथि समितिमा छलफल शुरु [भिडियो]

अर्को बैठक १६ गते बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
sunuwai-samiti-05-15.jpg

काठमाडौँ । सरकारद्वारा १७ देशका लागि प्रस्तावित राजदूतहरूमाथि परेका उजुरीहरूमाथिको छलफल शुरु भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिमा १७ देशका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरूमाथि उजुरीकर्ताहरूले गरेको उजुरीमाथि छलफल शुरु भएको हो । 

आजको बैठकमा ६ जना उजुरीकर्ताहरूले राजदूतउपर उजुरी दिएका थिए । त्यसमध्ये ५ जना उजुरीकर्ताहरूसँग समितिले छलफल गरेको हो । उजुरीकर्ताहरूमा उज्वलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुइँकेल र एक जना उजुरीकर्ता नम्बर ६ रहेको समिति सभापति ईश्वरीदेवी न्यौपानले बताइन् । उनले एक जना उजुरीकर्ताले नाम गोप्य राख्न चाहेकाले नखुलाइएको र अर्का एक जना उजुरीकर्ता कारणवश आउन नसकेको बताइन् । 

उनले भनिन्, ‘आज राजदूतहरूको सुनुवाइ शुरु गरेको प्रक्रियाको दोस्रो दिन हो । आज उजुरीकर्ताहरूलाई बोलाएका थियौँ । ९ वटा उजुरी परेकोमा ६ जना आउने कुरा गर्नुभएको थियो । एक जनाको गोप्य थियो । १ जना कारणवश आउन सक्नुभएन । ५ जना उजुरीकर्ताहरू यहाँ आएर आफ्ना उजुरीहरूको सम्बन्धमा त्यसलाई पुष्टि गर्नुभएको छ । उज्वलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुइँकेल, उजुरीकर्ता नम्बर ६ रहेको छ । उहाँले आफूलाई गोप्य राख्न अनुरोध गर्नुभएका कारणले समितिले उनको नामहरू गोप्य राखेको छ । अर्को बैठक १६ गते बस्नेछ ।’

समितिको बैठकमा उजुरीकर्ता उज्वलकृष्ण श्रेष्ठले १७ देशका लागि सिफारिस राजदूतहरू वाणिज्य दुतमात्रै भएकाले र राजदूतमा सिफारिस व्यक्ति योग्य, अनुभवी र राजनीतिक तथा कूटनीतिक क्षमता एवं ज्ञान नभएकाले फिर्ता गर्नुपर्ने बताए । उनले राजदूत नियुक्ति समानुपातिक र समावेशी नभएकाले फिर्ता गर्नुपर्ने बताए । 

सार्वजनिक सुनुवाइ समितिले गम्भीरतापूर्वक सुनुवाइ गरेर मात्रै राजदूत नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिए । अर्का उजुरीकर्ता मुक्तिनाथ आचार्यले सिफारिस राजदूतमध्ये इजरायलका लागि सिफारिस व्यक्ति प्राध्यापक धनप्रसाद पण्डितमाथि समितिले गहन छलफल र अध्ययन गर्नुपर्ने सुझाव दिए ।



नयाँ