- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा पर्ने मैलुङ्ग झरना यतिबेला गर्मी छल्नका लागिआन्तरिक पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ ।
चलनचल्तीको रुपमा भाङ्गे झरनाको नामले समेत चिनिने सो झरना अहिले भने मैनुङ्ग झरना नामले विभिन्न सामाजिक सञ्जालमासमेत चर्चित भएको छ । सोही कारण अहिले झरना हेर्न आउने, टिकटक बनाउने र रमाउन आउने आन्तरिक पर्यटकको रोजाईमा परेको छ सो झरना ।
राजधानी काठमाडौँदेखि करिब ७० किलोमिटर दूरीमा रहेको सो झरना मोटरबाइक, बसको प्रयोग गरी पुग्न सकिन्छ । जहाँ त्रिशूली नदी मुनिबाट बगेको छ भने मैलुङ्ग झरना माथिपट्टी रहेको छ ।
गर्मी बढेसँगै सो झरनामा गर्मी छल्न मान्छेको भिड बढ्ने गरेको स्थानीयहरु बताउँछन् । त्यस्तै अन्य दिनहरुको तुलनामा शनिबार भने अत्यधिक भीड लाग्ने गर्दा छ ।