arrow

सुनुवाइ समिति

बीआरआई परियोजनामा सरकारको निर्णय कार्यान्वयन गर्छु- प्रस्तावित राजदूत ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
krishnaprasad-oli.jpg

काठमाडौँ ।  चीनका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन्  । सो परियोजनाबारे सरकारले गरेको निर्णय कार्यान्वयनका लागि प्रयत्नशील रहने राजदूतको रूपमा आफ्नो भूमिका हुने उनको कार्ययोजना थियो । 

आइतबार संसदीय सुनुवाइको क्रममा प्रस्तावित राजदूत ओलीले सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपालले उत्तर–दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ्न सक्ने धारणा राखे । उनले चिनियाँ पर्यटकहरूलाई नेपाल भित्र्याउने काममा पनि आफू दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । चीनमा २१ प्रतिशत बुद्धिस्टहरू रहेको उल्लेख गर्दै प्रस्तावित राजदूत ओलीले उनीहरूलाई नेपालमा पर्यटकको रूपमा भित्र्याउने काममा पनि आफूले सहजीकरण गर्ने बताए । तातोपानी भन्सार निरन्तर सञ्चालनमा ल्याउनका लागि आफूले राजदूत हुने बित्तिकै पहल गर्ने पनि प्रस्तावित राजदूत ओलीको भनाई थियो । 

उनले भने, ‘अब बीआरआईमा हामी कसरी जाने भनेर नेपाल सरकारको जुन निर्णय हुन्छ । त्यही अनुसार राजदूतले अघि बढ्ने हो । त्यस कारणले गर्दा हामीले ट्रान्स हिमालयन कनेक्टिभिटीको तर्फबाट बीआरआईमा नगएर ट्रान्स हिमालयन कनेक्टिभिटीलाई टेकेर पनि हाम्रो कनेक्टिभिटी बढाउन सक्छौँ । त्यसमा पहल गर्ने । त्यो एउटा भयो । चीनमा २१ प्रतिशत बुद्धिस्टहरू रहेका छन् । अब ती पर्यटकहरूलाई भित्र्याउनका लागि यी अघि मैले भनेका जति पनि कुराहरू छन् । त्यसमा म दत्तचित्त भएर लागेर प्रयत्नशील रहनेछु । अब भन्सार सञ्चालन गर्ने अर्को महत्त्वपूर्ण कुरा छ । तातोपानी भन्सार नियमित रूपमा सञ्चालन गर्ने विषयमा चिनियाँ सरकारसँग तत्काल कुरा गर्नेछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ