arrow

राइसीको चढेको हेलिकप्टर दुर्घटना खराब मौसमका कारण भएको इरानको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
ibrahim-iran.jpg

काठमाडौँ। मे महिनामा हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको मृत्यु खराब मौसमका कारण भएको इरानको अन्तिम अनुसन्धानबाट थाहा भएको अनुसन्धान गरिरहेको संस्थाले आइतबार बताएको छ । 

त्रिसठ्ठी वर्षीय राइसी र उनको टोलीलाई लिएर गएको हेलिकप्टर उत्तरी इरानमा कुहिरोले ढाकेको पहाडमा खस्दा राष्ट्रपति र अन्य सात जनाको मृत्यु भएको थियो । साथै यसले मुलुकमा राष्ट्रपति पदका लागि मध्यावधि निर्वाचन शुरु भएको थियो । 

राज्य प्रसारक आइआरआइबीका अनुसार हेलिकप्टर दुर्घटनाको आयाम र कारणहरूको अनुसन्धान गर्ने विशेष बोर्डले हेलिकप्टर दुर्घटनाको मुख्य कारण ‘वसन्त ऋतुमा उक्त क्षेत्रको जटिल मौसम र वायुमण्डलीय अवस्था’ थियो भनेको छ । 

‘अचानक बाक्लो कुहिरोको उदय’ ले हेलिकप्टर पहाडसँग ठोक्किएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । मे महिनामा इरानको सेनाले यस्तै किसिमले उक्त दुर्घटनामा आपराधिक गतिविधिको कुनै प्रमाण फेला नपरेको बताएको थियो । दुर्घटनामा रायसीका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानको पनि मृत्यु भएको थियो । 

अगस्टमा फार्स समाचार एजेन्सीले मे १९ को दुर्घटनाको मुख्य कारणमा खराब मौसमको अवस्था र सुरक्षा प्रोटोकलविरुद्ध दुई अतिरिक्त यात्रीसहित हेलिकप्टर चढ्न नसक्ने अवस्थालाई उल्लेख गरेको थियो । 

तथापि इरानी सशस्त्र बलहरूले ‘सुरक्षा प्रोटोकलविरुद्ध हेलिकप्टरमा दुई यात्रीको उपस्थितिका बारेमा फार्स समाचारमा उल्लेख गरिएको अवस्थालाई पूर्णरूपमा गलत भएको’ भन्दै उक्त निष्कर्षलाई तत्काल खारेज गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ