arrow

केएमसीमा दुर्लभ शल्यक्रिया [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
kmc-surgery.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले दुर्लभ शल्यक्रिया गरेको छ । 

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार सिराहाकी ६८ वर्षीया उषा दमाईलाई मस्तिष्कमा दोहोरो एन्युरिज्मको दुर्लभ र जटिल अवस्थाले समस्या उत्पन्न भएको थियो । 

जसले खतरनाक रक्तस्राव भयो । उनकी छोरीले उनलाई साउन ३१ गते तत्काल उपचारका लागि केएमसीमा ल्याइन् । दाहाल भन्छन्, 'हाम्रो विशेषज्ञ चिकित्सक टोलीले मस्तिष्कको सानो भागमा शल्यक्रिया गरेर दुवै एन्युरिज्मलाई सफलतापूर्वक बाँध्न सक्यो। शल्यक्रिया पश्चात केही घण्टामा नै बिरामी सचेत भएर बस्न सक्ने हुनुभयो ।'

रक्तस्रावको कारण मस्तिष्कको तरल निकासी प्रणाली अवरुद्ध भएको थियो, जसको समाधानका लागि एक हप्तापछि स्थायी जल निकासी प्रणालीको स्थापना गर्नुपर्ने भयो । 

अहिले उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ र उनी अब स्वतन्त्र रूपमा खाना खान र दैनिक गतिविधिहरू गर्न सक्षम छिन्।

शल्यक्रियाको नेतृत्व गर्ने वरिष्ठ न्यूरो सर्जन प्राडा अमित थापा भन्छन्, 'हामी उषाजीको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौँ र उहाँ र उहाँको परिवारले हामीमाथि गरेको विश्वासको लागि हाम्रो गहिरो आभार प्रकट गर्दछौँ ।'
 
उषाका छोरी र ज्वाइँले नपत्याएको सुधार आएको भन्दै खुशी व्यक्त गरे । उनी भन्छिन्, 'आमालाई ज्युँदो लिएर जान पाउने होइन कि भन्ने डर जितेर  हामी ख़ुशी छौँ ।'

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ