arrow

समितिमा पाकिस्तानका प्रस्तावित राजदूत

सार्कलाई क्रियाशील बनाउन पहल गर्नेछु- प्रस्तावित राजदूत धिताल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
rita-dhital.jpg

काठमाडौँ । पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सम्मेलन आयोजनाका लागि आफूले काम गर्ने बताएकी छन् । सन् २०१६ देखि नेपाल अध्यक्ष राष्ट्र रहेको सो सम्मेलन स्थगित हुँदै आएको र त्यसलाई सुचारु गराउने नेपाल सरकारका धारणा अनुसार आफूले त्यसमा पहलकदमी लिने उनको योजना छ । 

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत धितालले सार्कलाई क्रियाशील बनाउने बारेमा सरकार प्रस्ट भएकाले उल्लेख गर्दै आफूले सोही अनुसार काम गर्ने बताइन्। 

उनले सार्कको क्षेत्रीय राष्ट्रहरुबीचको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक क्षेत्रको विकासमा महत्त्व रहेको कुरालाई सम्बन्धित राष्ट्रहरूले स्वीकार गरेकाले यसलाई चलायमान बनाएर लैजान जोड दिनुपर्ने बताइन्। 

उनले भनिन्, ‘सार्क सम्मेलनका लागि नेपालको धारणा सार्क सम्मेलन २०१६ देखि स्थगन भएको छ । र नेपाल सरकारको यसमा धारणा भनेको सार्कलाई चलायमान बनाउने नै हो । र राजदूतको रूपमा मेरो पनि पहल त्यही नै रहनेछ । सार्कका धेरै संस्थाहरू सृजना भएका छन् । यसमा गर्न सकिने सहयोगका क्षेत्रहरू आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक क्षेत्रमा हामीले सहयोग अघि बढाउन सक्ने प्रशस्त सम्भावना देखेर नै यो संस्था बनाइएको हो । त्यसैले यो संस्थालाई क्रियाशील बनाउनेमा नेपाल सरकारको धारणा अनुरूप नै मेरो पनि पहल हुनेछैन । सार्कप्रति नेपालले राखेको महत्त्व र अहिलेका अध्यक्षको रूपमा नेपालले गर्दै आएको भूमिकालाई फेरि पनि दोहोर्‍याउँदै हरेक दुई पक्षीय भ्रमणमा सार्क बैठकलाई सुचारु गराउने विषय हाम्रो तहको नेतृत्वमा उठने गरेको छ । कोभिड कालमा क्षेत्रीय सहयोगको कति जरुरी थियो भन्ने कुरा थाहा भएकै विषय हो । त्यसैले सार्कलाई अघि बढाउनेमा नेपाल सरकारको प्रस्ट धारणा छ । र नेपाल सरकारको धारणा अनुरूप नै त्यसलाई पहल गर्नेछौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ