arrow

तीज संस्कृति

पहिलेका तीज मेलापातमा वेदना र आँशु, अहिलेका तीज पार्टी प्यालेसमा मदिरा र मासु

धर्म गुरु भन्छन्ः मौलिक संस्कृतिमा पश्चिमा कुसंस्कृति भित्रियो, नियन्त्रण नगरिए सनातन धर्म रीतिरिवाजमा ठूलो चुनौती आउनेछ

logo
नारायण वली,
प्रकाशित २०८१ भदौ १८ मंगलबार
teej.jpg

लुम्बिनी । नेपाली समाजमा परापूर्वकालदेखि सनातन शास्त्रीय परम्परा अनुसार महिलाहरुका लागि तीजलाई महत्त्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ । बाल्यकालमै विवाह भएर टाढा पुगेका छोरी, चेली, भान्जीहरुलाई घरसम्मै माइती लिन जाने, माइतमा एकसाथ भेला हुने, रमाइलो भेटघाटबीच मीठो एवं स्वादिष्ट दर खाने, व्रतबसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमले आफ्ना दुःख सुखका पीरमर्का व्यक्त गर्ने अवसर तीजले नै जुटाउँथ्यो । यस अवसरमा माइती समाजमै दिदीबहिनीहरुले आफ्नो घरतर्फ सासुससुरा, देउरानी, जेठानी, नन्द, आमाजु र पतिले दिएका पीडा र कुण्ठाहरुलाई तीजका भाकामा पोख्न पाउँथे । 

तीजमा खासगरी पराइ घरमा दुःख पाएका घटनाहरुको वृतान्त व्यक्त गरी आमाबाबुको सहानुभूति र माया प्राप्त गर्ने भावका गीतहरु गाउने चलन थियो । तीज पर्वलाई पतिपत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने जस्ता अनेकौं प्रेरणाहरु तीज पर्वबाट प्राप्त गर्न सकिने धार्मिक विश्वास छ ।

तर वर्तमान समयमा खासगरी सहर बजारमा तीज भद्दा र खर्चिलो पर्वको रुपमा देखा पर्न थालेको छ । महिनौँदेखि दरखाने, कलाकारहरुले व्यावसायिक गीत निकाल्ने होड चलेको पाइन्छ । तीजको मौलिक पक्षलाई कुल्चेरै व्यावसायिक र छाडा प्रविधिका गीत गाउने, फेशनका कपडा लगाउने, गरगहना देखाउने र दरका नाममा महिनौँदेखि सार्वजनिक रुपमा गरिने सामूहिक खानपान तीज विशेष कार्यक्रम आयोजनाले विकृति निम्त्याएको समाजिक सञ्जालमा देख्न सकिन्छ ।     

धर्मगुरु व्यासाचार्य किशोर गौतम भन्छन्, 'हरितालिका तीज नेपालको महिलाहरुका लागि एक विशेष पर्व मानिन्छ । भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरुले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अङ्गको रुपमा लिइन्छ । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परागत रुपमा चल्दै आएका छन् ।'

हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । गौतमले थपे, पहिले तीजका गीतमा महिलाका पीर, व्यथा र बेदना पोखिन्थे । सासु–बुहारीका मनमुटाव र झैँगडाका कथा बुनिन्थे । सासुले हेला गरेको कुरा बुहारीले तीजको बेलामा मात्रै पोख्न पाउँथिन् । बुहारीले वचन लगाएको व्यथा सासुले त्यही दिन मात्र सुनाउन पाउँथिन् । हिजोआज सासु–बुहारीको झगडाका कुरा भन्दा श्रीमान्, श्रीमती र प्रेमीसँगको रसरङ्ग र उठबसका भाकाले तीजको महत्व घट्दै गएको छ । यस्ता विकृतिहरुबाट शास्त्रीय परम्परालाई समयमै सजग रहँदै मौलिक कला संस्कृतिको जगेर्ना नगरिए आगामी दिनमा आउने नयाँ पिँढीमा ठूलो चुनौती आउनेछ ।' 
 
हो तीजमा विकृति आएको छ । नआएको होइन तर पुरुषले ३ सय ६५ दिन जे गरे पनि विकृति नहुने महिलाले गरे विकृति हुने ? भन्ने प्रश्न गरेर मूर्ख बनाउनेको कमी छैन । यो महिलालाई हेर्ने दृष्किोण फरक भयो भनेर महिला अधिकारका कुरा पनि गरिन्छन् ।

हेप्ने चलन अहिले पनि छ । प्रविधिको प्रयोग गरी पुराना फोटाहरु इडिट गरेर महिलाहरुको बारेमा चरित्र हत्या गर्ने काम सामाजिक सञ्जालमा भएको छ । दोष महिलालाई थुपार्ने भएको छ । भड्किलो भयो भन्ने छ, कहाँ भएको छ पाँच सयको साडी लगाएका छन्, सुनमा पनि सामान्य लगाएको पनि देखाइन्छ ।

'हो मौलिकपनका तीजका भाकाहरु हराएको भन्ने गरिन्छ । के सासु बुहारीको जुहारी, श्रीमानले दिने यातना घरमा पाएको दुःख अहिले पनि त्यही पोख्नुपर्ने हो र ? भन्ने विश्लेषणात्मक प्रश्न गर्दै कमीकमजोरी हटाएर तीजलाई मनाउनु पर्छ । यो होइन कि महिलाहरुले पनि मदिरा र मासु खानुपर्छ भन्ने पक्षमा म चाहीँ छैन । समय अनुसार पार्टी प्यालेसमा तीज मनाउने कुरामा परिवर्तन आउनुलाई अन्यथा सोँच्न हुँदैन', महिला अधिकार रक्षक सञ्जाल रुपन्देही अध्यक्ष एवं अधिवक्ता हेमा न्यौपाने बताउँछिन् ।

उनले थपिन्, 'गीत र भिडिओमा केही छाडापन भएका छन्, 'विस्ताराले पोल्यो' जस्ता गीतले संस्कृतिलाई भद्धा बनाएको छ । जुन गीतहरु घरपरिवारसँगै बसेर सुन्न र हेर्न नसकिने आएका छन् त्यस्ता कुराहरुमा हामीले विरोध जनाउनुपर्छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ