arrow

श्रीलंकासँगको नेपालको अभ्यास खेल वर्षाले रद्द, दोस्रो खेल बुधबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
nepal-srilanka-rain-81-5-18.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको पहिलो अभ्यास खेल वर्षाले रद्द भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एक दिवसीय खेल अन्तर्गत मंगलबार पहिलो खेल हुने तालिका रहेको थियो ।

नेपालले आईसीसी क्रिकेट विश्वकपको लिग– २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्न भएको हो ।

नेपालले अब दोस्रो अभ्यास खेल बुधबार र तेस्रो खेल शुक्रबार खेल्ने तालिका रहेको छ ।

श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

यस अभ्यास खेलपछि नेपाल क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को श्रृंखला खेल्न त्यसतर्फ जाने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ