- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले सो निर्देशन दिएको हो ।
बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले आगामी दिनमा सरकारले राजदूत नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिन निर्देशन दिए । उनले विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरू नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए ।
उनले भने, ‘विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरू नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिन्छ । यसो आउँदै छ, उनीहरूसँग के कुरा गर्ने ? त्यो पनि ख्याल गर्नुहोला । राजदूत अहिले त सिफारिस भएको छ । भविष्यमा थप पारदर्शी, समावेशी बनाउन समितिले निर्देशन दिन्छ । राजदूत पदमा नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराउने ।’
उनले राजदूत नियुक्ति भविष्यमा थप पारदर्शी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।