arrow

पाँच समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बारेमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि  संशोधनकर्तासँग छलफल हुनेछ । दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो २ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको २०८०-०८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ