arrow

दोस्रो खेल पनि रद्ध, नेपालले श्रीलंकासँग अभ्यास गर्नै पाएन, अन्तिम खेल शुक्रबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
srilanka-rain-cricket-24-9-.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको दोस्रो अभ्यास खेल पनि वर्षाले रद्ध भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज दोस्रो खेल हुन लागेको थियो ।

यसअघि मंगलबार पहिलो खेल पनि वर्षाले रद्ध भएको थियो । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले अब तेस्रो अभ्यास खेल सेप्टेम्बर ६ मा हुने तालिका रहेको छ ।

श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

यस अभ्यास खे पछि नेपालले क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग(२ को सिरिज खेल्न त्यसतर्फ जाने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ