arrow

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित [भिडियो]

सभाको आगामी बैठकमा पेस गर्नका लागि सभामुखलाई अनुरोध गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
bimala-subedi-19.jpg

काठमाडौँ ।  विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बुधबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले सो विधेयक संशोधनसहित पारित गरेको हो । सो विधेयक सम्बन्धी समितिको प्रतिवेदनको मस्यौदालाई आवश्यक संशोधनसहित पारित गरिएको समितिकी सभापति विमला सुवेदीले जानकारी दिइन् । साथै समितिको बैठकले सो विधेयक प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्नका लागि सभामुख देवराज घिमिरेलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । 

समितिकी सभापति सुवेदीले  भनिन्,  ‘समितिको आजको बैठकमा पेस भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदनको मस्यौदालाई आवश्यक संशोधनसहित पारित भएको घोषणा गर्दछु । गरिदिनुहुन अनुरोध गर्दछु । माननीय सदस्यहरू समितिको आजको बैठकबाट पारित भएको समितिको प्रतिवेदनलाई प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्ने व्यवस्था मिलाई दिनका लागि सम्माननीय सभामुख समक्ष पत्रसाथ अनुरोध गरिने ब्यहोरा माननीय सदस्यहरूलाई अवगत गराउँदछु ।’


बैठकमा समितिका सदस्यहरूले सरकारले दिइन्को कार्यतालिका अनुसार कानून निर्माण कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ