- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र गोल्फुटार, काठमाडौँ स्थित काठमाडौँ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार काठमाडौँ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श-जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैङ्कको डेबिट-क्रेडिट कार्ड, मोबाइल बैङ्किङ सेवाबाट रकम भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैङ्क विश्वस्त रहेको छ।
विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।