arrow

दक्षिण अफ्रिकामा रहेका नेपालीहरूको समस्या समाधान गर्न सहयोग गर्छु- प्रस्तावित राजदूत श्रेष्ठ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
kapilman-shrestha-africa.jpg

काठमाडौँ । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा. कपिलमान श्रेष्ठले त्यहाँ अवस्थित नेपालीहरूको समस्या समाधान गर्न भूमिका खेल्ने बताएका छन् । 

बुधबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत श्रेष्ठले दक्षिण अफ्रिकामा बसोबास गर्ने ३ हजार ५ सय नेपालीहरूलाई नेपालसँग सम्बन्ध गाँस्न र आइपरेका समस्या समाधान गर्न भूमिका खेल्ने बताए । 

उनले राजदूतावासको क्षमता विकास गर्ने पनि बताए । उनले दक्षिण अफ्रिकामा नेपालको बारेमा प्रचार–प्रसार गर्दै नेपालसँगको सम्बन्ध फाइदाजनक हुने कुरामा विश्वास दिलाउन लागि पर्ने बताए । लगानी भित्र्याउनका लागि निजी क्षेत्रहरूका बीचमा सम्बन्ध स्थापित गराउने र छलफल चलाउने पनि उनको भनाई छ ।


श्रेष्ठले दुई देशका बिचमा क्रिकेट खेलको क्षेत्रमा सम्बन्ध स्थापित गराउने पनि बताए । उनले राजदूत पद परिवर्तनको वाहकको रूपमा रहेको भन्दै सोही रूपमा पदीय मर्यादा कायम राख्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ