arrow

समितिमा दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत तुम्वाहाङ्फे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
sivmaya-tungahamfey.jpg

काठमाडौँ  । दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत डा. शिवमाया तुम्वाहाङ्फेले कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्ने बताएकी छन् । बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले दक्षिण कोरियाबाट कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्ने बताइन् । 

त्यस्तै, चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार लगायत विभिन्न निर्माण कार्यको लागि प्रस्ताव गर्ने बताइन् । उनले फोहोर व्यवस्थापन, अर्ग्यानिक मल उत्पादन कारखाना खोल्ने लगायतका विषयमा पनि सहयोग प्रस्ताव गर्ने उल्लेख गरिन् । उनले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन पहल गर्ने भन्दै लुम्बिनीलाई ५ सय मिलियन बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तीमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन पहल गर्ने योजना रहेको बताइन् । 

त्यसैगरी नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्राउन काठमाडौं–कोरिया सिधा उडान भर्न पहल गर्ने र दक्षिण कोरियामा कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल गर्ने बताइन् । 

उनले भनिन् – ‘उच्चस्तरीय भ्रमणमा जोड दिन्छु । दुई देश बिचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि उच्चस्तरको भ्रमणको आदानप्रदान अपरिहार्य हुन्छ ।  त्यसको साथै कोरियाली लगानीकर्तासँग नियमित भेटघाट, सम्पर्क र उनीहरूको नेपालमा लगानीप्रतिको विश्वास बढाउनका लागि नेपालबाट सरोकारवाला मन्त्री वा उच्चस्तरीय अधिकारीहरूको नियमित भ्रमण हुन आवश्यक देखिन्छ । नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार सन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिनुपर्ने अवस्था छ । व्यापार सन्तुलन कायम गर्न नेपालमा कोरियाली लगानी आवश्यक छ । ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिन्छ । कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्नेछु । चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार लगायत विभिन्न निर्माण कार्यको लागि प्रस्ताव गर्नेछु । सूचना प्रविधिको क्षेत्रमा, फोहोर व्यवस्थापन, अर्ग्यानिक मल उत्पादन कारखाना खोल्ने लगायतका विषयमा सहयोग प्रस्ताव गर्नेछु । लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन पहल गर्नेछु । लुम्बिनीलाई ५ सय मिलियन बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तीमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन पहल गर्नेछु । नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्राउन काठमाडौं–कोरिया सिधा उडान भर्न जरुरी छ । यसको निम्ति पहल गर्नेछु । दक्षिण कोरियामा कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल गर्नेछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ