arrow

नेपालले श्रीलंकासँग तेस्रो अभ्यास खेल्दै, यसअघिका खेल वर्षाले रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
nepal-cricket-2024a.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा खेल्ने भनिएको तेस्रो अभ्यास खेल आज हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एक दिवसीय खेल अन्तर्गत आज तेस्रो खेल हुन लागेको हो । 

खेल नेपाली समय अनुसार बिहान सवा १० बजेदेखि शुरु हुँदैछ ।

यसअघि मंगलबार र बुधबार खेल्ने भनिएको पहिलो र दोस्रो खेल वर्षाले रद्द भएको थियो ।

नेपालले आईसीसी क्रिकेट विश्वकपको लिग–२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । 

जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को श्रृंखला खेल्न त्यसतर्फ जानेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ