arrow

श्रीलंका विरुद्धको अभ्यासमा नेपालको कमजोर ब्याटिङ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
nepal-srilanka-cricket-24-9.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट स्क्वाडविरुद्धको अभ्यास खेलमा कमजोर ब्याटिङ गरेको छ । 

तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएसँगै मैदानमा उत्रेको नेपालले खराब प्रदर्शन गरेको छ । 

सोमपाल कामीको कप्तानीमा उत्रेको नेपालले २५ ओभर खेल्दा ६ विकेट गुमाएर १०६ रनमात्र बनाएको छ । 

नेपालले आईसीसी क्रिकेट विश्वकपको लिग –२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्न गए पनि यसअघि मंगलबार र बुधबार खेल्ने भनिएका पहिलो र दोस्रो खेल वर्षाले रद्ध भएको थियो । 

श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

यस अभ्यास खेलपछि नेपालले क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ को श्रृंखला खेल्न त्यसतर्फ जाने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ