arrow

निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्दैछौँ - स्वास्थ्यमन्त्री [भिडियो]

१० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
pradip-poudel-05-21.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताए । उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरुमा बीमा सुविधा हुनुपर्ने बताए । त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने बताए । उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए । कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उनको भनाई छ । 

उनले भने – ‘अब सरकारी अस्पतालमा मात्रै बीमाको सुविधा लिन पाइने । निजीमा नपाइने भन्ने हुँदैन । शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो । निजीमा महङ्गो हुन्छ, मेरो बीमाको पैसा धेरै जान्छ । सरकारीमा कम हुन्छ मेरो बीमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारीतिरै जान्छ । शुल्क समान भयो भने निजीलाई नदिनुपर्ने के कारण छ ? बीमा बोर्डले सरकारी र निजी अस्पतालहरुमा आफ्ना नागरिकलाई सेवा दिलाउनका लागि ति अस्पतालहरुमा स्वास्थ्य सेवा किनेको हो । बीमा बोर्ड यति शक्तिशाली हुनुपर्छ की, मैले तिम्रो माध्यमबाट मेरोमा बीमा गर्नेहरुलाई स्वास्थ्य सेवा दिन लगाएको हो । तिमीले राम्रो दिएनौँ । अब म तिमीसँग गर्दिन अर्कैसँग गर्छु भन्न पाउनुपर्‍यो । बीमा बोर्डले रेगुलेट मात्रै गर्ने हो कार्यान्वयन गर्ने होइन । रेगुलेट गर्ने निकाय पनि एउटै । कार्यान्वयन गर्ने पनि एउटै । अनि कसरी व्यवस्थित हुन्छ ? रेगुलेट गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्छ चाहे सरकारी होस् । चाहे निजी होस् । त्यसो गरियो भने बीमाको माध्यमबाट उपचार सरकारी अस्पतालले पनि गर्न सक्छ । निजी अस्पतालले पनि गर्नसक्छ । बीमालाई कार्यान्वयन गर्नेगरी अगाडी जान खोजिरहेका छौँ ।’

उनले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरुलाई आग्रह गरे । उनले हरेक दिन के–कति विपन्न नागरिकको उपाचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह गरे । उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरुप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए । 

उनले भने – ‘यहाँहरुले आफ्नो संस्थालाई जति पारदर्शी बनाउन सक्ए त्यति विश्वसनीयता बढेर जान्छ । जस्तैः दश प्रतिशत विपन्नलाई दिने । यो नेतालाई भाषण गर्न किन दिनुहुन्छ ? स्वास्थ्य मन्त्रीलाई बारम्बार भन्ने किन बनाइरहनुहुन्छ ? आफैँ दिनुस् न । आज यति बेड अकुपाईँ थियो । त्यो मध्येमा यति जनाले निःशुल्क उपचार गरे । तिनको नाम यो हो । आफैँ उपचार गर्नसक्ने मान्छेले विपन्नमा सुविधा लियो भन्ने कुरा सार्वजनिक भयो भने त्यसको बेइजत हुन्छ । त्यसपछि उसले लिदैँ लिँदैन । सही विपन्नलाई तपाईले सुविधा दिनुभएको छ भने त्यो रमाउँछ, खुशी हुन्छ । तपाइको पाँच तल्ले बिल्डिङमा बनेको अस्पताल मेरो पनि हो भनेर महशुस गर्छ । त्यसैले एकदम पारदर्शी ढङ्गबाट बेलुका हामीले यति जनाको निःशुल्क उपचार गर्‍यो । दश प्रतिशत भित्र यसरी पर्छ । मेरो सिफारिसमा नगर्नुस् । एउटा पोलिसी बनाऔँ । त्यो पोलिसीभित्र तपाईले गरिदिनुस् । पारदर्शी ढंगबाट । नागरिक बडापत्र छ, त्यसमा सबैको मूल्य निर्धारण गरिदिनुस् । सबैले देख्ने ठाउँमा राखिदिनुस् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ