arrow
ADVERTISEMENT

एनसेलले ल्यायो नयाँ टिकटक प्याक, सधैँ अनको निःशुल्क डेटामा टिकटक पनि 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
tiktok-ncell-81-5-21.jpg

काठमाडौँ । एनसेलका सबै ग्राहकहरुले अब मजाले टिकटक लगाउन सक्ने भएका छन् । एनसेलले शुक्रबार भदौ २१ गतेबाट टिकटक प्याक संचालनमा ल्याएको जनाएको छ । साथै सबै सधैँ अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ ।

ग्राहकहरुले करसहित मात्र रु १७५ मा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउने कम्पनीले जनाएको छ । त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्ने भएका छन् ।   

सरकारबाट टिकटकको प्रयोग–पहुँचमा लगाइएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधैँ अनका सबै प्याकहरुमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो । 

यसको मतलब अब सधैँ अन प्याकहरुमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाट चलाउन पाउँछन् ।

“नेपालमा औद्यी मन पराइएको सामाजिक सञ्चाल टिकटकमा लगाईएको रोक हटाईनु दूरसञ्चार क्षेत्र र ग्राहकहरु सबैका लागि स्वागत योग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौं,” एनसेलका चिफ कमर्र्सियल अफिसर, उमेर मोहसीनले भने ।

“हामीले आजैबाट लागू हुने गरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौँ र साथै सधैँ अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौँ । यसले हाम्रा ग्राहकवर्गलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौँ”, उनले भने ।

एनसेलले सधैँ अन योजना अन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरि तीन प्रकारका प्याकहरु प्रदान गर्दै आएको छ । 

बेसिकमा सात दिन समयसीमा रहेको सधै अन प्याकमा ग्राहकहरुले अन्य बन्डल सेवाहरु बाहेका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् । 

त्यस्तैगरी सधैँ अनको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरुमा प्याक अनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । 

सधैँ अन अनलिमिटेड प्याकहरुअन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ ।      

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१–०५–०६ गतेको बैठकबाट टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको थियो । 

यो निर्णय पश्चात् नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरेर सबै मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई टिकटकमाथिको रोक हटाउन निर्देशन दिइसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ