arrow
ADVERTISEMENT

यस्तो छ ओमान र क्यानाडाविरुद्ध खेल्ने नेपाली टिम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
cricket-nepal-2080-04-03.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग २ को श्रृंखलामा ओमान र क्यानडासँग खेल्न नेपाली टोलीको घोषणा गरेको छ ।  क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । 

टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा राखिएको छ ।

टी–२० टिमबाट बाहिर रहेका भीम, आरिफ र अर्जुन एक दिवसीय टिममा फर्किएका छन् । नेपालले भदौ ३१ गतेदेखि आइसीसी लिग २ को खेल खेल्दैछ । क्यानाडामा हुने खेल असोज १० सम्म हुनेछ ।  

नेपालले पहिलो खेल सेप्टेम्बर १६ मा क्यानाडासँग खेल्नेछ । त्यस्तै ओमानसँग सेप्टेम्बर १८, क्यानाडासँग सेप्टेम्बर २२ र ओमानसँग सेप्टेम्बर २४ मा खेल्ने तालिका रहेको छ ।

नेपालले लिग २ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ