arrow
ADVERTISEMENT

कुमारी बैङ्क लिमिटेड र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
kumari-bank-dusit-thani-himalayan-resort-mou.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र धुलिखेल स्थित दुसित ठानी हिमालयन रिसोर्ट बीच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता अनुसार कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरू जस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल, ज्याकूजी, स्टिम तथा सोनामा कुमारी बैङ्कको डेबिट-क्रेडिट कार्ड, मोबाइल बैङ्किङ सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ। यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैङ्क विश्वस्त रहेको छ।

विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ