arrow
ADVERTISEMENT

नेपाली क्रिकेट टोली दुई महिना देश बाहिर, क्यानाडाका लागि बिदाई [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
cricket-nepal-2=81-5-25t.jpg

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग २ को श्रृंखलामा ओमान र क्यानाडासँग त्रिकोणात्मक श्रृंखला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको छ ।

क्यानले मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको हो । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोलीको घोषणासमेत गरिसकेको छ । 

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।

बिदाई कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सबै खेलाडीको प्रशिक्षण राम्रो भएकाले नतिजा पनि राम्रो आउने विचार राखे ।

त्रिकोणात्मक श्रृंखला खेल्न जाने टोली दुई महिना देश बाहिर रहने भएको छ । नेपालले लिग २ को श्रृंखलापछि क्यानाडासँग टी– २० श्रृंखला हुने भएको छ । क्यानाडापछि नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका पनि जाने भएको छ ।

नेपालले पहिलो खेल सेप्टेम्बर १६ मा आगामी सोमबार क्यानाडासँग खेल्नेछ । 

cricket-nepal-81-5-25 (1).jpg
cricket-nepal-81-5-25 (2).jpg
cricket-nepal-81-5-25 (3).jpg
cricket-nepal-81-5-25 (4).jpg
cricket-nepal-81-5-25 (5).jpg
cricket-nepal-81-5-25 (6).jpg
cricket-nepal-81-5-25 (7).jpg
cricket-nepal-81-5-25 (8).jpg
cricket-nepal-81-5-25 (9).jpg
cricket-nepal-81-5-25 (10).jpg
cricket-nepal-81-5-25 (11).jpg
cricket-nepal-81-5-25 (12).jpg
cricket-nepal-81-5-25 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ