arrow
ADVERTISEMENT

रवि लामिछानेविरुद्ध सहकारी पीडितले देखाए कालोझण्डा, गरे नाराबाजी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
ravi-lamichhane-birodh-81-5.jpg

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी गरिएको छ ।

पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका लामिछानेलाई सहकारी पिडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटबाहिर कालो झण्डा र नाराबाजी गरेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताहरुले कालोझण्डा देखाउँदै आफूहरुको बचत रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए ।  सहकारी पीडितको प्रदर्शनका कारण सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ