arrow

बिदा हुने विश्वकै पहिलो एटीआर

बुद्ध एयरको एटीआर–४२ जहाजको सेवा समाप्त, गरियो बिदाइ [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
buddha-air-retired-farewell.jpg

काठमाडौँ । बुद्ध एयरको उडानमा रहेको एउटा एटीआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन जहाजलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवसायिक उडानबाट बिदाई गरिएको छ । 

नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको एउटा एटीआर–४२ विमानको सेवा समाप्त भएपछि बिदाइ गरिएको हो । 

७० हजार उडान साइकल पूरा भएपछि टर्बोप्रप एटीआर विमानको ल्यान्डिङ गियर, इन्जिन, ककपिटमा जडान भएका यन्त्र उपकरणबाहेक फ्युसलाज (विमानको मुख्य शरीर वा ढाँचा) लाई व्यावसायिक उडानमा प्रयोग गर्न नपाइने एटीआरको नियम छ ।

सोही नियम अनुसार  बिदाइ गरिएको हो । बुद्ध एयरको ह्याङ्गर (काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) भित्र  एक  कार्यक्रम  गरी बिदाइ गरिएको थियो । 

उक्त विमानलाई औपचारिक बिदाइ गर्ने वातावरण निकै भावुक पनि थियो । आफ्नो व्यावसायिक उडानमा रहेको विमानलाई बिदा गर्ने क्षणमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत भावुक थिए । 

बुद्ध एयरका कर्मचारी परिवार मात्रै हैन उपस्थित सरोकारवाला र सञ्चारकर्मी पनि भावुक भएका थिए । लामो समय यात्रुलाई सेवा दिएको विमान बिदाइ गर्दा भावुक माहोल सिर्जना हुनु स्वभाविक पनि हो ।
     
“आजको समारोह विश्वव्यापी रूपमा एटिआर विमान सञ्चालनको इतिहासमा कोसेढुङ्गा हो । हामीले ७० हजार साइकलको पूर्ण आर्थिक जीवन र त्यो पनि व्यावसायिक यात्रु सञ्चालनमार्फत प्रतिस्पर्धा गर्ने पहिलो एटीआरलाई बिदाइ गर्दैछौँ । साँच्चै यो ऐतिहासिक क्षण हो”, अध्यक्ष बस्नेतले भने । उनले आगामी दिनमा नेपाल र नेपालीका लागि उत्कृष्ट उड्डयन सेवा प्रदान गर्न प्रतिबद्धताका साथ लाग्ने बताए । 

अध्यक्ष बस्नेतले एटीआर विमानको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेशन टिम विकसित राष्ट्रको भन्दा कम नरहेको दाबी गरे । “सन् २००८ मा दुई वटा एटीआर–४२ विमान भित्र्याएर उडानको फड्को मारौँ अब, यो विमान इतिहास बनेको छ । बाँकी १८ एटीआर विमानले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउछौँ”, अध्यक्ष बस्नेतले भने ।
     
उडान अवधिमा ७० हजार उडान अवतरण (साइकल) गरेको एटीआर–४२  विमानलाई पहिलो पटक आज बिदाइ गरिएको हो । एटीआरको इतिहासमा यो नै पहिलो बिदाइ कार्यक्रम भएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बनाए । 

कूल ४५ सिट क्षमताको एटीआर विमानले १६ वर्षमा ४४ हजार चार सय ७७ उडानमार्फत एक दशमलव आठ मिलियन यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले उल्लेख गरेको छ ।
     
बुद्ध एयरको टेक्निकल डिपार्टका निर्देशक मंगेश थापाले एटिआर कम्पनीको मापदण्डअनुरुप विमानले निश्चित साइकल पूरा गरिसकेपछि उडानबाट ‘रिटायर्ड’ हुने भएकाले विमानलाई उडानबाट बिदाइ गरिएको बताए ।

 “अन्य सिरिजका जहाजले ७० हजार साइकल पूरा गरेपछि पनि उडानमा ल्याएका हुन्छन् तर एटिआरको मापदण्ड नै ७० हजार साइकल भएकाले यसलाई उडानबाट बिदा गरिएको हो”, उनले भने । उनेले उडानबाट बिदाइ भएको विमानको बाहिरी भाग नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाइने र विमानभित्रका पार्टपुर्जा अन्य जहाजको मर्मतमा प्रयोग गरिने जानकारी दिए ।

पहिलो पटक एटीआर विमानको बिदाइ

 बुद्ध एयरको एटीआर–४२ विमान बिदाइ कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पानीको फोहोराले सम्मान दिएर उक्त विमानलाई बिदाइ गरिएको छ । एउटै विमानबाट १८ लाख यात्रुलाई उडान सेवा दिएको एटीआर विमानले अब कहिल्यै उडान भर्ने छैन ।
     
बुद्ध एयरले सन् २००८ भित्र्याएको ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको उक्त एटीआर विमानलाई अब कहिल्यै नउडाउने गरी बिदा गरेको हो । कम्पनीसँग ४७ सिटका एटीआर–४२ तीन र ७० सिट क्षमताका १५ वटा एटीआर विमान छन् ।
    
 विमानको उमेर उसको उडान अवतरण सङ्ख्याले निर्धारण गर्ने विज्ञहरू बताउँछन् । “विमानको उमेर अवधि साता, दिन, वर्षका आधारमा हुँदैन । हरेक उडान अवतरणको निश्चित सङ्ख्यापछि मर्मत सम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने हुन्छ”, निर्देशक थापाले भने । उनका अनुसार विमान निर्माता कम्पनीले तोकेको साइकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाइँदैन । यसपछि विमानलाई बिदाइ गर्नैपर्ने हुन्छ । बुद्ध एयरले १८ वटा एटीआर विमान भित्रयाइसकेको छ ।

बुद्ध एयर एटीआर सञ्चालन गर्ने संसारकै सातौँ ठूलो एयरलाइन्स कम्पनी रहेको जनाइएको छ । एटीआरले अहिलेसम्म करिब २५ हजार विमान निर्माण गरिसकेको बताइन्छ ।

एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरी यसरी बिदाइ गरिएको संसारमै पहिलो पटक हो । यसैगरी एटीआरका प्रतिनिधि पवन तनवनीले बुद्ध एयरको विमानको गुणस्तरीय उडान सेवा र दक्ष जनशक्तिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य जारी राख्ने विश्वास व्यक्त गरे ।
     
विमानस्थलका महाप्रबन्धक रिञ्जी शेर्पाले बुद्ध एयरले सुरक्षित उडानमा गरिरहेको अभ्यासको सराहना गर्दै आगामी दिनमा यात्रुको सेवा सुरक्षालाई थप बलियो बनाएर लैजाने विश्वास व्यक्त गरे ।  

कार्यक्रममा नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूतावास एल्सा काली, एटिआर कम्पनीका प्रतिनिधि पवन तनवानीलगायत विभिन्न बैंकका सीईओहरुको उपस्थिति थियो । 

buddhaair-plane-retired-81-5-25 (1).jpg
buddhaair-plane-retired-81-5-25 (2).jpg
buddhaair-plane-retired-81-5-25 (3).jpg
buddhaair-plane-retired-81-5-25 (4).JPG
buddhaair-plane-retired-81-5-25 (5).JPG
buddhaair-plane-retired-81-5-25 (6).JPG
buddhaair-plane-retired-81-5-25 (7).JPG
buddhaair-plane-retired-81-5-25 (8).jpg
buddhaair-plane-retired-81-5-25 (9).jpg
buddhaair-plane-retired-81-5-25 (10).jpg
buddhaair-plane-retired-81-5-25 (11).jpg
buddhaair-plane-retired-81-5-25 (12).jpg
buddhaair-plane-retired-81-5-25 (13).jpg
buddhaair-plane-retired-81-5-25 (14).jpg
buddhaair-plane-retired-81-5-25 (15).JPG
buddhaair-plane-retired-81-5-25 (16).jpg
buddhaair-plane-retired-81-5-25 (17).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ