arrow

कर्मचारीको खेलोखेती शेयरतिर रहेपछि सरकारी कार्यालयमा टीएमएसमाथि प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
tms-share.jpg

काठमाडौँ । सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ ।

कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको हो । 

सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन सरकारले निर्देशन दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बारेमा जानकारी दिँदै भनेका छन् । 

यस्तो छ ओलीको सन्देश, ‘सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानूनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ