arrow
ADVERTISEMENT

इराकसँग सम्बन्ध विस्तार गर्न इरानी राष्ट्रपतिद्वारा १४ सम्झौतामा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
iraq-map.png

काठमाडौँ । इरानका नव निर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानले बुधबार छिमेकी मुलुकको भ्रमणका क्रममा इराकसँग एक दर्जनभन्दा बढी सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन् ।

“इरान र इराकबीच १४ सहयोग ज्ञापनपत्रमा हस्ताक्षर भएको छ, यो सहयोग विस्तारको प्रारम्भिक विन्दु हो”, पेजेस्कियानले इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीसँगै उभिएर भने । 

पदभार ग्रहण गरेपछि आफ्नो पहिलो विदेश भ्रमणमा उनले आफ्नो इराकी आतिथ्यतासँग ‘दुई मुलुकबीच अधिक सहयोगलाई प्रवर्द्धन गर्ने रणनीतिक तथा दीर्घकालीन योजनाहरूबारे’ छलफल गरेको बताए । “हामी सँगै भयौँ भने आगोमा पर्नबाट जोगिन्छौँ”, उनले भने । 

सन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणले इराकी तानाशाह सद्दाम हुसेनको सुन्नी बहुल शासनलाई पतन गरेपछि शिया बहुल दुवै मुलुक इरान र इराकबीच सम्बन्ध घनिष्ठ भएको छ । 

इरानको अन्तर्राष्ट्रिय एक्लोपनलाई कम गर्न चाहेका र मुलुकको अर्थतन्त्रमा अमेरिकी नेतृत्वको प्रतिबन्धको प्रभावलाई कम गर्न खोजेका पेजेस्कियानले छिमेकी मुलुकहरूको सम्बन्धलाई प्राथमिकता दिने वाचा गरेका छन् । 

तेहरान इराकको प्रमुख व्यापार साझेदारमध्ये एक हो र इरानले बगदादमा उसको इराकी सहयोगी संसद् र वर्तमान सरकारमाथि प्रभुत्व जमाउन पर्याप्त राजनीतिक प्रभाव राख्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ