arrow
ADVERTISEMENT

जनताले अनुभूत गर्नेगरी कार्यसम्पादन गर्न प्रहरीलाई गृहसचिवको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
Nepal-police_HQ.jpeg

काठमाडौँ । गृहसचिव गोकर्णमणि दुवाडीले नागरिकले अनुभूत गर्नेगरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । 

बुधबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण भ्रमणपछि यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहसचिव दुवाडीले नेपाल प्रहरी व्यावसायिक सङ्गठन भएको हुँदा यसमा आबद्ध हरेक कर्मचारी इमान्दार, व्यावसायिक, दक्ष र कुशल हुनुपर्नेमा जोड दिए ।

प्रहरी सङ्गठनले गरेको अपेक्षा र प्रहरी कर्मचारीको दक्षता वृद्धिका लागि आवश्यकपर्ने स्रोतसाधनको व्यवस्था साथै अन्य मन्त्रालयसँगको समन्वयका लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाए ।

उनले विभिन्न समस्या, सीमितता र चुनौतीको बाबजुद पनि नेपाल प्रहरीले समाजमा शान्तिसुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवं कानुन कार्यान्वयनमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा गृहसचिव दुवाडीसमक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरूवासम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन–२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०/०८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह भाग–१ सम्बन्धी पुस्तक प्रदान गरे । 

निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीसमक्ष नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सङ्गठनका गतिविधिबारे प्रस्तुति दिएका थिए । निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ