arrow
ADVERTISEMENT

मेरो उमेर पुगिसक्यो,अब नयाँ बन्ने नेताहरूले सोच्नुस् - देउवा [भिडियो]

दुई ठूला राजनीतिक दल मिलेपछि अरू पार्टीलाई सिद्ध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
deuba-05-27.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले अब सबै कुराबाट संन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरूले लिनुपर्ने बताएका छन् ।  बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले हरेक कारणले पनि रिटायरमेण्टको बेला भइसकेको भन्दै सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै उनले दुई ठूला राजनीतिक दल मिलेपछि अरू पार्टीलाई सिद्ध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह गरे । उनले कुनै पनि पार्टीलाई सिद्ध्याउने र कमजोर पार्ने नीति कांग्रेस र एमालेको नभएको बताए । उनले सबैलाई मिलाएर अघि बढाउन आफूहरूले चाहेको पनि स्पष्ट पारे । उनले पछिल्लो समय पार्टी परित्याग गरेकाहरू पनि पार्टीमा पुनः फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पुगेर अहिले नयाँ सरकार बनेको छ । एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरू चिन्तित थिए । डराएका पनि थिए । अप्ठ्यारो पनि मानेका थिए । उहाँहरूकै सुझाव अनुसार एमालेका नेता केपी शर्मा ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । त्यो सहमतिले अहिले केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ । यसले देशभरका साथीहरूमा सुखद कुरा आएको छ । सबै साथीहरू खुशी छन् । दुई पार्टीको बीचमा जो सहमति भएको छ । त्यसले अरू केही पार्टीका साथीहरू दुई पार्टी मिलेपछि हामी अरू पार्टी सिद्धिन्छ भन्ने चिन्ता होला । तर हामी कसैलाई सिद्ध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति पनि होइन । मलाई लाग्छ, एमालेका नेता केपी ओलीज्यूको कुरा पनि होइन । त्यसैले हामी सबैलाई मिलाएर अघि बढ्नुपर्ने कुराहरू छ । हामी सबैलाई मिलाएर अघि बढाउन चाहन्छौँ । अहिलेको बेलामा एमाले र कांग्रेसको बीचमा सहमति भएको छ । यसले हाम्रोबाट अरू पार्टीमा गएकाहरू पनि फर्किँदै छन् । अझै फर्काउने काममा लाग्नुपर्छ । धेरै पार्टीले हामीलाई कमजोर बनाउन खोजकै हो । हाम्रो पार्टी कमजोर बनाउनेहरू अझै छन् । हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनु पर्छ । मेरो एज पनि गयो । हरेक कारणले पनि रिटायरमेण्टको बेला भइसकेको छ । भोलि हुने नेताहरूले नै चिन्ता बढी गर्नुपर्छ । मलाई भन्दा बढ्ता चिन्ता गर्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ