arrow
ADVERTISEMENT

माओवादीले अवरोध गर्ने भनेपछि प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार बैठक भोलि दिउँसो १ बजेसम्मका लागि  स्थगित भएको हो ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक शुरुमा २ बजे र त्यसपछि ३ः१५ बजे बस्ने तय गरिएको थियो । गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । 

संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो । 

अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ