arrow
ADVERTISEMENT

कुमारी बैङ्कद्वारा १० लाख रुपैयाँको बिमा रकम भुक्तानी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
kumari-bank-insurance-payment.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवाललाई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ। भरतपुर नपा वडा नं २, चितवन निवासी निज खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात् उनका श्रीमान् ईन्द्र नारायण श्रेष्ठलाई बिमा बापतको १० लाख रकम हस्तान्तरण गरिएको थियो। उक्त रकम कुमारी बैङ्क लिमिटेडको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको थियो। सानिमा जिआईसि इन्स्योरेनस लि.बाट बिमा दाबी रकम प्राप्त भएपश्चात् कुमारी बैङ्क लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको थियो।

कुमारी बैङ्कले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको छ। यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरूले २६ लाख रुपैयाँ सम्मको बिमा सुविधा प्राप्त गर्न सकिन्छ। सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बिमा सुविधा प्रदान गरिन्छ। कुमारी बैङ्कले विगत ५ वर्ष देखि ग्राहकहरूको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ।

विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ