arrow

राजेन्द्र महतोले गरे नयाँ पार्टीको घोषणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
rajendra-mahato-06-01.jpg

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।

कार्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि बताए । उनले पार्टीको नाम भने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने बताए । 

राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णय समेत गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ