arrow

एनसेलले मनायो १९ औँ वार्षिकोत्सव

सामाजिक उत्तर दायित्व बढाउन ‘एनसेल फाउन्डेसन’ को शुरूआत [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
ncell-19th-annual-day-81-6-1 (21).jpg

काठमाडौँ । नेपालको प्रमुख दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो १९ औँ वार्षिकोत्सवको विशेष कार्यक्रम गरी मनाएको छ । ‘नेपाल र नेपालीलाई जोड्दै दुई दशक नजिक’ भन्ने नाराका साथ कम्पनीले काठमाडौँको मेरियट होटेलमा पत्रकार सम्मेलन आयोजना गरी विशेष कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो ।  

कार्यक्रममा एनसेलका सीईओ तथा प्रबन्ध निर्देशक जब्बोर कायुमोवको उपस्थितिमा कम्पनीले अघिल्ला वर्षहरूमा हासिल गरेका उपलब्धिहरू र भविष्यका योजनाहरूको  छएनसेलले नेपालको दूरसञ्चार क्षेत्र र सूचना प्रविधि (आईसीटी) क्षेत्रमा पुर्याएको योगदानलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनायो । 

उक्त अवसरमा कम्पनीले एनसेल फाउन्डेसनको पनि आजदेखि नै शु्रूआत गरेको छ । 

यस फाउन्डेसनले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) का परियोजनाहरू सञ्चालन गर्ने जनाएको छ । सीईओ कायुमोभले एनसेल फाउन्डेसनमार्फत थप  दीर्घकालीन प्रभाव पार्ने काम गर्न थालेको बताए ।

एनसेलले आफ्नो यात्रा शुरूआत गरेदेखि अहिलेसम्म एक करोड ३० लाखभन्दा बढी नेपालीलाई लाभ प्रदान गर्दै दुई अर्बभन्दा बढी योगदान दिएकोसमेत सगौरव बताएको छ । 

कार्यक्रममा कायुमोभले विगत १९ वर्षमा सामाजिक कार्यमा ठूलो योगदान गर्दै आएको र अब एनसेल फाउन्डेसनमार्फत थप ठोस र दीर्घकालीन प्रभाव पार्न चाहेको उल्लेख गरेका छन् । 

एनसेलले विशेष गरी प्राकृतिक विपत्ति, स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणमा उल्लेखनीय योगदान गरेको छ।

२०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले प्रधानमन्त्री राहत कोषमा १० करोड प्रदान गरेपछि भूकम्प प्रभावितहरूलाई निःशुल्क सेवा उपलब्ध गराएको थियो।

कोरोना महामारीका समयमा सरकारले स्थापना गरेको राहत कोषमा पनि एनसेलले १० करोड योगदान गरेको उल्लेख गरेको छ । 

एनसेलले आगामी ५ वर्षमा २० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता गरेको छ । जसअन्तर्गत १९ वटा परियोजनाहरू कार्यान्वयन गरिने छन् ।

कार्यक्रममा दुर्गम जिल्लामा एनसेलको समस्या रहेको गुनासो गरेसँगै एनसेलले सात सय पोल राख्नका लागि काम अगाडि बढेको भए पनि सम्बन्धित निकायले काम अड्काएर राखिदिएकाले समस्या भएको जनाएको छ । 

अपाङ्गता भएकालाई मुख्य प्राथमिकता, पारालिम्पिकलाई जोड
एनसेलले अपाङ्गता भएकाहरुका लागि विशेष योजनासमेत ल्याएको छ । उसले अपाङ्गता भएकाहरुलाई ५० प्रतिशतसम्म छुटको प्याकेज ल्याएको उल्लेख गरेको छ । 

त्यस्तै एनसेलले सगौरव पारालिम्पिक खेलकुदमा गरेको लगानीलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरेको छ । 

यसअघि पारालिम्पिकमा लगानी गरेर के हुन्छ ? भनेर प्रश्न गर्नेहरु धेरै रहेको सुनाउँदै एनसेलले पेरिस पारालिम्पिकमा तेक्वान्दो पारा खेलाडी पलेशा गोवर्धनले हासिल गरेको कीर्तिमानी कास्य पदक नै त्यसको उदाहरण भएकोसमेत उल्लेख गरेको छ । 

मंगलबारको विशेष कार्यक्रममा पलेशा गोवर्धनसँगै प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो संघ लगायतको टिमलाई विशेष सम्मान गरिएको थियो । 

 

ncell-19th-annual-day-81-6-1 (1).jpg
ncell-19th-annual-day-81-6-1 (2).jpg
ncell-19th-annual-day-81-6-1 (3).jpg
ncell-19th-annual-day-81-6-1 (4).jpg
ncell-19th-annual-day-81-6-1 (5).jpg
ncell-19th-annual-day-81-6-1 (6).jpg
ncell-19th-annual-day-81-6-1 (7).jpg
ncell-19th-annual-day-81-6-1 (8).jpg
ncell-19th-annual-day-81-6-1 (9).jpg
ncell-19th-annual-day-81-6-1 (10).jpg
ncell-19th-annual-day-81-6-1 (11).JPG
ncell-19th-annual-day-81-6-1 (12).jpg
ncell-19th-annual-day-81-6-1 (13).jpg
ncell-19th-annual-day-81-6-1 (14).jpg
ncell-19th-annual-day-81-6-1 (15).JPG
ncell-19th-annual-day-81-6-1 (16).jpg
ncell-19th-annual-day-81-6-1 (17).jpg
ncell-19th-annual-day-81-6-1 (18).jpg
ncell-19th-annual-day-81-6-1 (19).jpg
ncell-19th-annual-day-81-6-1 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ