arrow

केएमसीमा शल्यक्रियाका लागि रिफर गरिएका ओखलढुङ्गाबाट आए बिरामी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
kmc-okhaldhunga.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले दुर्गमबाट आएका बिरामीहरुको शल्यक्रिया गरिरहेको छ । 

देशभर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने क्रममा शल्यक्रिया गर्नुपर्ने बिरामीको पहिचान गरी ती बिरामीहरु केएमसीमा आएपछि शल्यक्रियाकोसमेत व्यवस्था गरेको छ । 

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार मंगलबार ओखलढुङ्गाबाट ३० जना बिरामी आइसकेका छन् । 

आउने क्रम जारी रहेकाले शल्यक्रिया गर्ने बिरामीको संख्या ६० सम्म पुग्ने दाहालले बताए । 

मंगलबार सिद्धिचरण नगरपालिकाका मेयर तथा नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति तेजेन्द्र खनाल, कोशी प्रदेश सांसद प्रदीपकुमार सुनुवार र जिल्ला सचिव अजय ल्इटेलसहितको पहलमा ती बिरामीहरु आएका हुन् । 

समाजसेवी हरिप्रसाद दाहालको नेतृत्वमा बिरामीहरु आएकोसमेत केएमसीका सीईओ दाहालले बताए । 

केएमसीले नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ