arrow

ग्यालेक्सी टीभीको लगानी सबै सहकारीबाट, रविले एक वर्षमै लिएका थिए तलब बापत ७४ लाख 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
ravi-lamichhane-2080-06-29.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा एक करोड भन्दा बढी तलब लिएको पाइएको छ । 

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने ग्यालेक्सी टेलिभिजनको  प्रबन्ध निर्देशक रहँदा  १ करोड भन्दा बढी तलब बुझेको उल्लेख छ ।

लामिछानेले आर्थिक वर्ष ०७८–०७९ मा मात्र ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन् । आर्थिक वर्ष ०७७–७८ मा उनले ३० लाख लिएको प्रतिवेदनमा उल्लेख छ । लामिछानेले जम्मा १ करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन् ।

समितिले ग्यालेक्सी टीभीमा सहकारी भन्दा बाहिरबाट कुनै पनि लगानी नभएको निष्कर्ष निकालेको छ ।

साथै समितिले लामिछानेलाई सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्ने प्रक्रियामा प्रमुख भूमिका रहेको भन्दै दोषी ठहर गरेको छ । 

साथै समितिले लामिछानेसहित गोर्खा मिडियाका संचालक जीबी राई, छबिलाल जोशी र कुमार रम्तेललाई प्रचलित कानून बमोजिम कारबाहीको सिफारिस गरेको छ ।
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ