- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्याली निकालेका छन् ।
यस र्यालीमा दर्जनौँ सहभागीले विभिन्न नारा लेखियको ब्यानर र प्ले कार्ड सहित नारा लगाउंदै रयालि निकालेका छन् । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औधोगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति तिर्न पर्ने माग गरेका छन् ।
विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यांस उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोधसमेत गरेका छन् ।
नेपालमा भएको यो मार्च ग्लोबल विक अफ एक्सन इन साउथ एसियाको सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।