arrow

नेपाल र क्यानडाबीचको दोस्रो खेल आज, दुई खेल हारेको नेपाल दबाबमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
nepal-cricket-lost-24-9-17.jpg

काठमाडौँ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा आज नेपालले घरेलु टोली क्यानडासँग खेल्दै छ । नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार राती ८:४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।

लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा रहेको छ । पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो । जारी सिरिजमा नेपाल लयमा देखिएको छैन । 

क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ओमान विरुद्धको खेलमा प्रशिक्षक मोन्टी देसाईले टिममा तीन परिवर्तन गरे । तर पनि नेपालले सो खेलमा पनि जित दर्ज गर्न सकेन । 

पहिलो खेलमा लिग टुमा क्यानडासँग भोगेको लज्जास्पद हारको बदला लिनुपर्ने दबाबसँगै चुनौती नेपाललाई रहेको छ । किनकि ६ खेलमा नेपालले मात्र एक खेल जितेर २ अङ्क मात्र बनाएको छ ।

 नेपालले आज सुधारिएको प्रदर्शन गर्नु जरुरी छ । ब्याटिङ र बलिङ दुवैमा नेपालले मिहिनेत गर्नुपर्ने देखिएको छ । क्यानडा १० खेलमा १२ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ