arrow

अन्तर बैंक फुटसल प्रतियोगिताका दुवै उपाधि ग्लोबल आईएमई बैंकलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
global-ime-futsal-champion-.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तर बैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधि ग्लोबल आईएमई बैंकले जितेको छ । 

संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए । 

उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिला तर्फका टोलीहरु सहभागि रहेका थिए । अन्तर बैंक फुटसल २०८१को प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ ग्लोबल आईएमई बैंक विजेता हुनुका साथै पुरुष र महिला तर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिला तर्फको उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ ।

उक्त प्रतियोगितामको फाइनल खेलमा पुरुषतर्फ ग्लोबल आईएमई बैंकले गरिमा विकास बैंक र महिला तर्फ ग्लोबल आईएमई बैंकले एनआईसी एसिया बैंकलाई हराएको हो । ग्लोबल आईएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

पुरुष तर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आईएमई बैंकका शशाङ्क निरौलाले हात पारेका थिए । साथै, महिलातर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आईएमई बैंककी चन्द्रिका भट्टले हात पारेकी छिन् । 

साथै आफ्नो सबै खेलहरुमा उत्कृष्ट बचाउ गरिरहेकी ग्लोबल आईएमई बैंकको महिला टोलीकी गोलरक्षक केशमाया गुरुङ्गले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधिसमेत हात पारेकी छिन् । 

ग्लोबल आईएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा विजेता भएकाले खेलकुद प्रतियोगिताहरुमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रुपमा हेर्ने गरिन्छ । 

अन्तर बैंक फुटसल २०८० मा महिला तर्फको उपाधि पनि ग्लोबल आईएमई बैंकले जितेको थियो । यो वर्षको विजेता उपाधिसँगै ग्लोबल आईएमई बैंकको महिला तर्फको विजेता उपाधी लगातार दोस्रो पटक हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ