arrow

प्रहरीले रविलाई पक्राउ गर्ने सूचना दिएसँगै रास्वपा आकस्मिक बैठकमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
rsp-office-rastriya-swatant.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी प्रकरणमा संसदीय छानबिन समितिले दोषी देखाएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने भएपछि पार्टी आकस्मिक बैठकमा जुटेको छ । 

लामिछानेले आफूलाई पक्राउ गर्ने जानकारी प्रहरीबाट पाएपछि पार्टी केन्द्रीय सदस्यहरुलाई पार्टी कार्यालयमा आकस्मिक बैठकका लागि डाकेका हुन् । 

उक्त बैठकमा आफैँ गिरफ्तारी दिने कि के गर्ने भन्ने विषयमा छलफल गर्ने गरी सर्कुलर जारी गरिएको एक नेताले बताएका छन् । 

लामिछानेविरुद्ध कास्की प्रहरी कार्यालयमा परेको पूरक जाहेरीका आधारमा पक्राउ गर्न खोजेको छ।

यसअघि गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई सीआईबीको टोलीले नियन्त्रणमा लिइसकेको छ । उनलाई पोखरा लैजाने तयारी भइरहेको छ । 

पोखरामै रहेको सूर्यदर्शन सहकारीबाट उनीहरुले ठगी गरेको भन्दै कास्की प्रहरीले पक्राउ गर्न भनेको थियो । 

जोशीलाई सोमबार नै जिल्ला अदालतमा पेश गर्नु पर्ने भएकाले आइतबार राति नै पोखरा लैजान लागिएको हो ।

रवि तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशकसमेत हुन् । आफू पक्राउ पर्ने भएपछि रविले उपत्यकामा भएका कार्यकर्ताहरुलाईसमेत पार्टी कार्यालयमा बोलाएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ