arrow

रवि लामिछाने पक्राउ टार्न रास्वपा कार्यालयमा नेता-कार्यकर्ताको भीड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
rsp-party-office-cadre-81-6.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ पर्ने भएपछि पार्टी केन्द्रीय कार्यालयमा आकस्मिक छलफल भएको छ । कार्यालयभित्र उपत्यकामा उपलब्ध रास्वपाका नेताहरुको छलफल चलिरहँदा बाहिर भने भोक प्यास नभनी कार्यकर्ताहरुको भीड भएको छ । 

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया प्रालिका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी आइतबार दिउँसो पक्राउ परेपछि उक्त पार्टीका नेता–कार्यकर्ताहरू वनस्थलीस्थित रास्वपा कार्यालयमा भेला भएका हुन् ।

जोशीलाई पोखरा लगिएको छ भने सोमबार जिल्ला अदालतमा पेश गरिने भएको छ । सोही प्रकरणमा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने आफू पनि पक्राउ पर्ने सूचना प्रहरीबाट पाएपछि पार्टी कार्यालयमै नेताहरूसँग आन्तरिक छलफलमा रहेका हुन् । 

रास्वपा कार्यालयमा सादा पोशाकका प्रहरीहरुसमेत उपस्थित भएको जनाइएको छ । लामिछानेले आफू पक्राउ पर्ने जानकारी पाए लगत्तै नेता कार्यकर्ताहरुलाई पार्टी कार्यालयमा भेला हुन सर्कुलर जारी गरिएको थियो । 

rsp-party-office-cadre-81-6-6 (1).jpg
rsp-party-office-cadre-81-6-6 (2).jpg
rsp-party-office-cadre-81-6-6 (3).jpg
rsp-party-office-cadre-81-6-6 (4).jpg
rsp-party-office-cadre-81-6-6 (5).jpg
rsp-party-office-cadre-81-6-6 (6).jpg
rsp-party-office-cadre-81-6-6 (7).jpg
rsp-party-office-cadre-81-6-6 (8).jpg
rsp-party-office-cadre-81-6-6 (9).jpg
rsp-party-office-cadre-81-6-6 (10).jpg
rsp-party-office-cadre-81-6-6 (11).jpg
rsp-party-office-cadre-81-6-6 (12).jpg
rsp-party-office-cadre-81-6-6 (13).jpg
rsp-party-office-cadre-81-6-6 (14).jpg
rsp-party-office-cadre-81-6-6 (15).jpg
rsp-party-office-cadre-81-6-6 (16).jpg
rsp-party-office-cadre-81-6-6 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ